हुन्डाइको क्रेटा इभी सार्वजनिक

हुन्डाइको क्रेटा इभी सार्वजनिक

हुन्डाइले आफ्नो बहुप्रतिक्षित विद्युतीय एसयूभी क्रेटा इभी आधिकारिक लन्च अगावै सार्वजनिक गरेको छ। यो कार जनवरी १७ मा भारत मोबिलिटी एक्सपोमा प्रदर्शन गरिने जनाइएको छ।

क्रेटा इभी ४२ र ५१.४ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ। यी ब्याट्रीहरूले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो लङ रेन्ज भेरिएन्टले अधिकतम प्रतिघन्टा सय किलोमिटरको स्पिड ७.९ सेकेन्डको गतिमा पूरा गर्ने छ।

फास्ट चार्जर प्रयोग गर्दा ५८ मिनेटमा ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। यस्तै, ११ किलोवाटको स्मार्ट वाल बक्स चार्जरले ४ घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्ने सुविधा दिन्छ। कारमा भेहिकल टु लोड  प्रविधि छ, जसले बाह्य उपकरणहरू पावर गर्न मद्दत गर्छ।

यो चार भेरियन्टहरू; एक्जिक्यूटिभ, स्मार्ट, प्रिमियम, र एक्सिलेन्समा उपलब्ध हुनेछ। यो कारमा सिफ्ट–बाय–वायर प्रणाली राखिएको छ। डिजिटल चाबीको साथ, प्रयोगकर्ताहरूले स्मार्टफोन वा स्मार्टवाचबाटै गाडी लक, अनलक, र स्टार्ट गर्न सक्ने जनाइएको छ।

बाहिरी आवरणले नियमित क्रेटाको अनुभव प्रदान गर्ने दाबी गरिएको छ। कारमा ठाडो स्ट्याक गरिएको हेडल्याम्प, एल–आकारको एलइडी डिआरएल र टेललाइट, तथा दुबै छेउमा एलइडी लाइट बार राखिएका छन्। १७ इन्चको डुअल–टोन एलोय ह्वील र कम रोलिङ प्रतिरोधी टायरले कारको एरोडाइनामिक्स सुधार्नेछ।

क्रेटा इभी ८ मोनोटोन र २ डुअल–टोन रंगमा उपलब्ध हुनेछ, जसमा ३ म्याट फिनिस विकल्प समावेश छन्।

यस कारको मूल्य भारत मोबिलिटी एक्सपोमा जनवरी १७ का दिन सार्वजनिक गरिने जनाइएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *