सिएफमोटोले एनके २५० मोटरसाइकलमा नयाँ वर्ष अफर सार्बजनिक गरेको छ । कम्पनीले अंग्रेजी नयाँ बर्ष २०२५ को अवसरमा ‘न्यू इयर न्यू राइड’ नामक स्कीम ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले सहुलियत फाइनान्स योजना पाउनुका साथै अन्य छुट सुबिधासमेत पाउने छन् ।
सिएफमोटो तथा जिहो इलेक्ट्रीकको नेपालमा लागि आधिकारिक बिक्रेता रिलायान्स ग्रुप अन्तर्गतको ऋषी ट्रेड सेन्टरका अनुसार ५० प्रतिशत डाउन पमेन्ट गरेर सिएफ मोटोको एनके २५० मोटरसाइकलको खरिदमा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमै २४ महिनाको इएमआइ सुबिधा पाउनेछन् ।
यो योजनामा एक्सचेन्स सुबिधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ । ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसँग २५० एनके साट्न सक्नेछन् । यसमा कम्पनीले ३० हजार थप मुल्यांकन दिनेछ भने मोटरसाइकलको खरिदमा थप २५ हजार नगद रुपैयाँ छुट् पाइने छ ।
यसका अलावा गिफ्ट ह्याम्पर, हेल्मेट र १ वर्षका लागि स्पेयर पार्टसको खरिदमा १० प्रतिशत छुटसमेत पाउने बताएको छ । यो अफर २०२५ को जनवरी महिनाभरि लागु हुनेछ ।

